पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ।
शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।
रवि लामिछानेलाई अस्पतालबाट फर्काउँदै गर्दा जिल्ला प्रहरी कार्यालय कास्की अघि कार्यकर्ताको भिड लागेको थियो ।
रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए । उनीहरु प्रधानमन्त्रीविरुद्ध समेत नारा बाजी लगाए ।
सयौँको संख्यामा नेता कार्यकर्ताहरू पोखरा आईसकेका छन् ।










