आर.एस.बिच क्लबले बिच एण्ड फिस स्पाेर्टस फेस्टिभल गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका २५ मा रहेको आर.एस.बिच क्लबले बिच एण्ड फिस फेस्टिभल गर्ने भएको छ ।

क्लबले हेमजाको अमबोट बिच फुटबल मैदानमा शनिवार पत्रकार सम्मेलन गरिे फेस्टिभलबारे जानकारी दिएको हो ।

कार्तिक ९ गते देखि सुरु हुने फेस्टिभलमा बल्छि हान्ने प्रतियोगिता,फ्रि स्टाइल फुटबल प्रतियोगिता,घोडा दौड प्रतियोगिता,साईकिलङ प्रतियोगिता,५ ए साइड फुटबल प्रतियोगिता,बन्जी जम्प लगायतका खेलहरु रहेका छन् ।

प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय चर्चित फुटबल खेलाडी हरि खड्कालाई फ्रि स्टाइल फुटबलको जजमा राखिएको छ भने अर्का जज नेपालका चर्चित भल्गर सिसन बानियाँ संग पनि कुरा भई रहेको आयोजकले जनाएको छ ।

धार्मिक पर्यटन तथा खेल पर्यटकद्धारा ऐतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुकाे प्रवद्धन गर्नकाे लागि प्रचार प्रसार गर्ने उद्धेश्यले आयोजना गरिएकाे फेस्टिभल अन्तरगतको ५ ए साईड फुटबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार र द्धितिय हुनेले २५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्डर र हाईस्कोररलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।

फुटबल प्रतियोगिताका लागि एन्फामा आबद्ध क्लबहरुले मात्र भाग लिन पाउने छन । यदि एन्फामा आबद्ध भएको क्लबहरु संख्या कम भएमा अन्य क्लबले संबन्धित वडाको सिफारिसको आधारमा प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एव पोमनपा २५ का कार्यवाहक अध्यक्ष धना कुमारी तिमिल्सिना पोखरेलले पर्यटन प्रबद्र्धनमा यस्ता कार्यक्रमले मद्धत पुग्ने बताउँदै आफ्नो वडाले कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताईन ।

सो फेस्टिभलमा फ्रि स्टाईल फुटबल प्रतियोगितामा प्रथमलाई १० हजार र द्धितियलाई ५ हजार नगद,घोडा दौड प्रतियोगिता प्रथमलाई २० हजार र द्धितियलाई १० हजार नगद र बल्छि हान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई पनि आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलन पश्चात आयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच मैत्रीपूर्ण ५ ए साइड फुटबल आयोजना भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्