पोखरा । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिाछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको मितिबाट हिरासत अवधि गणना गरी ६ दिनको म्याद दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका उनलाई सोही राति पोखरा ल्याइएकाे थियाे ।










