अन्नपूर्ण क्षेत्रमा पदयात्राको विकासका लागि एक्याप र टान एकसाथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।  एक्याप र टान गण्डकी दुवैका साझा समस्या, समाधान र अन्नपूर्ण क्षेत्रमा पदयात्राको विकासका लागि सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएकाे छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ट्रेकिङ एशाेसिएसन एजेन्सिज अफ नेपाल (टान) गण्डकीबिच हालै सम्पन्न अन्तरक्रिया कार्यक्रममा उक्त विषयमा छलफल भएकाे हाे । उक्त विषयमा दुवै संस्था एकजुट भएर लाग्ने कार्यक्रमकाे निष्कर्श छ ।

ट्रेकर्स र समग्र ट्रेकिङ उद्योग दुवैको सुरक्षा र सन्तुष्टि सुनिश्चित गर्न अझ राम्रो समन्वय र थप सुव्यवस्थित प्रक्रियाहरूको आवश्यकतामा छलफल केन्द्रित रह्याे ।

साथै कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC)  ले हालै अनलाइनद्धारा जारी गरिने पदयात्रा अनुमतिपत्रका विषयमा कुराकानी भएकाे थियाे ।

टान गण्डकी अध्यक्ष कृष्ण प्रसाद आचार्यले अनलाइन मार्फत जारी गरिने अनुमतिपत्रमा देखिएका प्रकृयागत झन्झटिलो व्यवस्थाका विषयमा ,एकल पदयात्रीहरुको सुरक्षा चुनौतीको विषय लगायत विविध समसामायिक विषयमा संस्थागत धारणा राखेका थिए ।

उनले अनलाइन प्रणाली प्रयोग गर्दा ट्रेकर्सले सामना गर्ने प्रक्रियागत जटिलतालाई प्रकाश पार्दै सोलो ट्रेकर्सका लागि सुरक्षा चुनौतीहरूबारे चिन्ता व्यक्त गरे। अध्यक्ष आचार्यले ट्रेकिङ उद्योगलाई असर गर्ने अन्य समसामयिक विषय उठान गरेका थिए ।

कार्यक्रममा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का आयोजना प्रमुख डा. रबिन कडरियाले अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख उपलब्धी , योजनाहरु वर्तमान अवस्थामा जारी रहेका समस्या र चुनौतीका विषयमा प्रस्तुत गरेका थिए ।

उनले यस्तो विशाल र लोकप्रिय ट्रेकिङ क्षेत्रको व्यवस्थापनमा रहेका जटिलताहरू सहित ACAP ले सामना गरिरहेका वर्तमान चुनौती र समस्याहरूबारे पनि छलफल गरे।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्