पोखरा । यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरु सहभागी हुने निश्चित भएको छ। अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (Fédération Internationale de l’Automobile, FIA) को आयोजनमा ओलम्पीक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा तीन नेपाली ड्राइभरले सहभागीता जनाउने छन् ।
विभिन्न दर्जनौ विधामा हुने सो गेम्समा नेपाली टिमले दुइ विधामा भाग लिनेछ। ई-स्पोर्टस जिटि (Esports GT) विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालम (Auto Slalom) का प्रतिस्पर्धि हुन। जहाँ उनीहरुले चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, स्किलस र स्पिडको प्रदर्शन गर्नेछन ।
सुरुवातमा कार्टस् ड्राइभर रहेका दिप्रश शाक्य नेपाली सिम-रेसिङ्गका उत्कृष्टमध्येका ड्राइभर हुन भने कृष्ण प्रसाद पौडेल एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिपका प्रतिस्पर्धि र एथलेट कमिसनका संयोजक समेत हुन । त्यसैगरी बैंक ऑफसर रहेकी प्रज्ञा नेशनल अटोक्रसकी सफल प्रतिस्पर्धि तथा मोटरस्पोर्टस् लाइसेन्स होल्डर ड्राइभर हुन् ।

प्रत्येक दुइ-दुइ वर्षमा हुने सो प्रतिष्ठित अन्तराष्ट्रिय प्लेटफर्ममा विश्वका पचासौं देशका खेलाडीहरुसंग प्रतिस्पर्धा हुने हुदा आफ्नो कौशलता प्रर्दशन गर्ने ठूलो अवसरको रुपमा विश्वकै खेलाडीले लिएका हुन्छन्, जहाँ मोटरस्पोर्टसका विश्वप्रसिद्ध ड्राइभरहरुसंग नेपाली ड्राइभरहरु भिड्ने रोमाञ्चकता र इतिहास छुट्टै हुनेछ ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा यस अघिको संस्करणमा फ्रान्सको ट्याकबाटै रिर्पोटिङ्ग गरेका टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा उपस्थित हुनेछन् । देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटरस्पोटर्सको प्रर्वद्धन र प्रमोसनमा तथा विश्वस्तरिय ड्राइभरहरु तयार गर्न यस किसिमको अन्तराष्ट्रिय सहभागिता र टिमले थप मदत पुग्नेछ ।
अगिल्लो संस्करण २०२२का समेत टिम व्यवस्थापक रहेका यदुराज लामिछानेले FIA Motorsport Games 2024 मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटरस्पोर्टस्ले गर्व महसुश गरेको र गेम्सको उत्कृष्ट प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्दा गर्न खेलाडीहरु उत्सुक भएको बताएका छन्। सो गेम्सको लागी नेपाली टिम समर्पित रहेका र उनीहरुको क्षमतामा रामो प्रदर्शन गर्ने विश्वास गर्दै संघका अध्यक्ष दशरथ रिसाल भन्छन् ‘यो केवल प्रतिस्पर्धा मात्र होईन, नेपालको बढ्दो मोटरस्पोर्टस् संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि हो।”

स्मरण रहोस्, केही वर्ष अघिदेखि मात्रै सुरु यस विश्व प्रतिस्पार्धासंगै एशिया संस्करण एसिया प्यासेफिक मोटरस्पोट च्याम्पियनशिप, एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिप, ओलम्पीक इस्पोर्टस सिरिज समेतमा नेपाली टिमले निर्याीत सहभागीता भइरहेको छ ।










