गण्डकीका वनमन्त्री पाैडेलले लिए सपथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उनलाई शपथ गराए ।

यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गरेका हुन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई ल्याइएको हो ।

पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । उनी पार्टीभित्र शेखर समूहमा छन् । पार्टीभित्रबाट भागबन्डा लगाउँदा १ कम्तीमा १ जना मन्त्री शेखर समूहले पाउनुपर्ने दाबी थियो । मुख्यमन्त्री पाण्डेले लामो आलटालपछि पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए ।

भागबन्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए ।

कांग्रेसकै भागबाट नेपाल समाजवादी पार्टी सांसद फणीन्द्र देवकोटा भने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् । सरकारमा एमालेका तर्फबाट ४ जना मन्त्री छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्