मिस पोखरा २०२४ को ग्रान्ड फाइनल शनिबार हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा जेसीसको आयोजना एघारौं संस्करणको सौन्दर्य प्रतियोगिता मिस पोखरा २०२४’को फाइनल शनिबार हुदै छ ।

युवा नारीको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ ईभेन्ट फर यू प्रालिको ईभेन्ट म्यानेजेण्टमा सौन्दर्य प्रतियोगिता भएको हो ।

१२ उत्र्तीण गरेको र १७ देखी २५ बर्ष सम्मका अविवाहित नारी प्रतियोगितामा सहभागी छन् । अन्तिम प्रतियोगितामा १७ जनाले प्रतिस्पर्धा गर्ने छन् । कार्यक्रम पोखरा सभागृह हलमा हुनेछ ।

प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए । उनका अनुसार फस्ट रनरअफले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।

त्यस्तै सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन । यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाईस, पपुलारिटी र ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए । फाइनलको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्