होटल सङ्घको अध्यक्षमा दोहोरीय :- लक्ष्मण सुवेदी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । होटल संघ पोखरा नेपाल अध्यक्षमा पुनःलक्ष्मण सुवेदी निर्वाचित भएका छन् । संघको बिहीबार २१औं अधिवेशन तथा ४२औं साधारण सभाले सुवेदीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन, प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए ।

सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको निर्वाचन मण्डल अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

अधिवेशनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उनले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेकाले यसलाई जोगाराख्ने दायित्व सबैको भएकाले यसमा ध्यान दिन आग्रह गरे । महानगरले पनि धेरै काम सुरुवात गरिसकेको उनले बताए ।

यसका लागि सरसफाइ, पर्यटन क्षेत्रमा आवश्यक पर्ने मेनपावर उत्पादनका लागि तालिम, ब्रुमर खरिदको काम सुरु गरिसकेको उनले सुनाए । ‘हामीले धेरै काम सुरुवात गरेका छौं, पोखरामा कति पर्यटक कहाँबाट कुन माध्यमबाट कति आए भन्ने जानकारी लिन जरुरी छ,’ उनले भने, ‘यसका लागि हामीले पर्यटकको डाटा लिने गरी संयन्त्र तयार गरेका छौं ।’

संस्थाका पूर्वअध्यक्ष/सल्लाहकार एवं होटल संघ नेपाल गण्डकी अध्यक्ष हरि शर्मा गैह्नेले पर्यटकको बसाइँ लम्ब्याउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । उनले पोखराको लेन्थ अफ स्टे घटेकाले यसमा कसैको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्