एगा पोखराकाे अध्यक्षमा गोकर्ण लम्साल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । एम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोशिएसन (एगा) पोखराकाे अध्यक्षमा गोकर्ण लम्साल निर्वाचित भएका छन् । एसोशिएसनको २१औं साधारणसभा तथा ११ औं अधिवेशनले लम्सालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हाे ।

समितिको उपाध्यक्षमा गिता ढकाल पौडेल, सचिवमा माया सुबेदी, सहसचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा सुशील ढकाल निर्वाचित भएका छन् ।

यसैगरि सदस्यमा रामकृष्ण तिमिल्सिना ,नारायण प्रसाद पाण्डे, होमराज भण्डारी, रमेश सुवेदी र सुन्ति पुर्जा चयन भए ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई उत्पादित गार्मेन्टका आइटमहरु नेपाली मौलिकता बोकेको सोभिनियरहरु सुक्ष्म अध्ययनका साथ परिमार्जन तथा परिस्कृत गर्न पर्यटन बाेर्डकाे साथ सधैं रहने उल्लेख गरे ।

संस्थाका पूर्वअध्यक्ष इन्द्र भण्डारीले गार्मेन्टबाट उत्पादित नेपाली कच्चा पदार्थ र हस्तकलाबाट निर्मित सामाग्रीहरुलाई नेपाली वजार संग-संगै विश्व बजारसम्म व्यापार निर्यात गर्न र त्यहाँको सिप सिकाई तथा कारखाना भ्रमणको अध्ययन अवलोकन गर्न एगा यसमा लागिरहेको र यसलाई निरन्तर गरिरहने बताए ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलकाे अध्यक्षतामा गठित निर्वाचन मण्डलले शुक्रवार एगा पाेखराकाे अधिवेशन सम्पन्न गरेकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्