पाेखराका पत्रकार केशवशरण प्रेस काउन्सिल नेपालकाे सदस्य नियुक्त

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखराका युवा पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् ।

लामिछाने नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् ।

२०५६ सालदेखि पत्रकारितामा क्रियाशिल लामिछाने हाल उनी पोखराबाट प्रकाशित हुने समाधान दैनिकको सम्पादक र काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिकको गण्डकी ब्युरो प्रमुख छन् ।

पोखरा २८ माझठाना घर भएका लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । उनीसँग नागरिक दैनिक, नेपाल समाचारपत्र दैैनिक, समय साप्ताहिक, बिबिसी मिडिया एक्सन, पोखराको पोखरा एफएम काम गरेको अनुभव छ ।

पोखराको गण्डकी विश्वविद्यालय र लेकसिटी कलेजमा पत्रकारिता विषय अध्यापन गर्दै आएका लामिछाने नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार समेत छन् ।

लामिछानेसँगै लमजुङका पत्रकार विजय अधिकारी पनि सदस्यमा नियुक्त भएकन छन् । उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम काउन्सिलमा १ जना अध्यक्ष र ९ जना सदस्य हुनु हुन्छ। नेपाल सरकारले बढीमा ४ वर्षका लागि नियुक्त गर्नसक्ने अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यववस्था छ ।

नेपाल पत्रकार महासंघको अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुन्छ ।

प्रेस काउन्सिल पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण सम्वर्द्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चार माध्यमका बिच पुलको रूपमा काम गर्ने जिम्मेवारी भएको संस्था हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्