पाताले छाँगाेमा छोरेपाटन मा.वि र स्थानीयको ताला

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको पाताले छाँगाे (डेभिज फल) मा छोरेपाटन मावि र स्थानीयले ताला लगाएका छन् । पोखरामा महानगरपालिकाले पाताले छाँगाेको आम्दानी आफुले राख्ने गरेर बिहीबारबाट काम थालेपछि स्थानीयले ताला लगाएका हुन् । उनीहरुले पर्यटकहरु प्रबेश गर्ने मुल गेटमा नै तीन वटा ताला लगाएका छन् ।

बिहीबार बिहान नगर प्रहरी र स्थानीय बिच केही बेर झडप पनि भएको छ । विद्यालय र स्थानीयले विद्यालयले भोचलन गर्दै आएको त्यस क्षेत्रहरुलाई ठेक्कामा लगाउन नपाइने बताउदै आएका छन् । महानगरले विद्यालय र स्थानीय सँग छलफल गरेर अगाडी बढ्नु पर्ने विद्यालयका प्रधानध्यापक डिल्लिराम भुसालले बताए । उनले डेभिज फल कै आम्दानीबाट १ सय जना भन्दा बढि शिक्षकहरुलाई विद्यालयले तलब दिने गरेको बताए ।

विद्यालयले बार्षिक करिब ४ करोड रुपैया आम्दानी गर्दै आएकोमा महानगरपालिकाले २ करोडमा ठेक्का दिएको स्थानीयको भनाई छ । ‘हामी त्यसै आन्दोलनमा आएका हैन,’ स्थानीय देवराज आचार्यले भने ‘विद्यालयले वार्षिक ४ करोड कमाउदै आएको थियो, महानगरलपालिकाले २ करोडमा ठेक्का दिएको छ ।’ उनले त्यस पैसा नगरबासि सबैको हो । ४ करोडको आम्दानीलाई २ करोडमा घटाउन पाइदैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्