पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ शान्तिस्तुपामा दाङबाट भ्रमणका लागि आएको बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
नवयुग डान्स क्लब दाङबाट भ्रमण आएको रा १ ख २१०६ नम्बरको बस यात्रुलाई पुम्दीकोटबाट पोखरा झर्दै गर्दा बस चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको रुखमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।
बसमा महिला ७ जना र पुरुष १७ जना गरी जम्मा २४ जना बसमा सवारी थिए र दुई जना घाइते भएका हुन् । घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली रहेका छन् ।
घाइते दुवै जनालाई नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ । बसलाई क्रेनको सहायताले निकालीएको प्रहरीले जानकारी दिए ।










