जोन्टी रोड्ससँग पोखरा एभेन्जर्सले गर्यो पोखरामा मोटरसाइकल र्‍याली “राइड विथ जोन्टी रोड्स”

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को टीम पोखरा एभेन्जर्सले पोखरामा मोटरसाइकल र्‍याली कार्यक्रम गरेको छ।

नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागि पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाउन उक्त र्‍यालीको आयोजना गरिएको हो ।

दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहाकार परामर्शदाता जोन्टी रोड्ससहित पोखरेली क्रिकेट प्रेमीहरु र्‍यालीमा सहभागी थिए । गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत विभिन्न नौवटा संघसंस्थाले संयुक्त रुपमा ‘राइड विथ जोन्टी रोड्स’ भन्ने नाराका साथ र्‍यालीमा सहभागीता जनाएका हुन ।

राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डाका साथ पोखराको फिस्टेल गेटबाट सुरू भएकोर्‍याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमि, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक, बिरौटा, शहिदचोक हुँदै पुनः फिसटेल गेटमा पुगेर उक्त र्‍याली सम्पन्न भएको थियो ।

र्‍याली पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै पोखरा एभेन्जर्सका चेयरमेन सुवोध त्रिपाठीले नेपाली क्रिकेटमा यूवाहरुको ध्यान खिच्न यस प्रकारका कार्यक्रमहरु महत्वपूर्ण रहेको बताए । त्रिपाठीका अनुसार आजको माहोलले पोखरा एभेन्जर्सलाई मायाँ र समर्थन दुवै उपलब्ध भएको र र्‍यालीमा सहभागीता नजनाएकाहरुले पनि आ-आफ्नो ठाउँबाट पोखरा एभेन्जर्सलाई साथ र समर्थन दिएको आफुहरुले महशुस गरेको बताए ।

पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टीलाई पोखरा ल्याएर यहाँका क्रिकेट प्रेमीहरुको मनोवल उच्च बनाउने कार्य भएको र जोन्टीको नेपाल आगमनले र टिममा सहभागिताले टिमको मनोबल समेत उच्च भएको बताए ।त्यस्तै पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्सले पोखराको प्रकृति अन्यन्तै राम्रो रहेको र यहांको सहभागीता देखेर आफु खुसी रहेको बताए ।

पोखरेलीहरुको साथ र सहयोग अनि पोखरा रंगशालामा रहेको क्रिकेट मैदानबाट हिमश्रृङखला हेर्न पाउदा खुसी लागेको बताउदै क्लाइमेट चेन्जको असर प्रति समेत आफ्नो धारणा राखे । खेल संगै वातावरणलाई समेत जोगाउन आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् ।

टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् भने आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्