पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ अमरदीपमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलवार दिउँसाे करिव ४ बजे गौमाया गुरुङको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले निजहरुलाई जुवाकै खालबाट पक्राउ गरेकाे हाे ।
प्रहरीले जुवाकाे खालबाट नगद एक लाख बाह्र हजार नब्बे रुपैयाँ (रु.१,१२,०९०/-) सहित २१२ पत्त्ति ताससहित बरामद गरेकाे छ ।
पक्राउ पर्नेमा पाेखरा १६ का ४० वर्षीय कृष्ण गुरुङ, पाेखरा ८ का ६४ वर्षीय गौमान गुरुङ, पाेखरा १६ अमरदीपकी ४५ वर्षीया गौमाया गुरुङ, ३८ वर्षीया जुनिता भट्टचन, पाेखरा ८ सिमलचाैरकी ४८ वर्षीया रुपा गुरुङ, पाेखरा १३ पाटनवेशीका ४० वर्षीय हेमजार गुरुङ र पाेखरा २७ अर्घौचोकका ४६ वर्षीय बुद्धि बहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, र नैतिकता विपरीत जुवा खेल्न नहुने कानुनी प्रावधान अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएकाे छ ।
कास्की प्रहरीले पछिल्लाे समय जुवातास जस्ता अवैध गतिविधिहरूलाई नियन्त्रण गर्न कडा निगरानी गरिरहेकाे छ।










