
पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) गण्डकीले उच्च उचाइ क्षेत्रका लागि अक्सिजन उत्पादन गर्ने मास्क (Oxygen-generating Mask for High Altitude Area) काे विषयमा अनौपचारिक छलफल गरेकाे छ ।
टान गण्डकीले उच्च उचाइ क्षेत्रमा ट्रेकिङ र पर्वतारोहण गर्नेहरूको लागि अत्यावश्यक सुरक्षा उपकरण अक्सिजन उत्पन्न गर्ने मास्क (Oxygen Generating Mask) उपयाेगि हुने भएकाेले कोरियाली कम्पनी INN & GH CO. लिमिटेडका सन्चालक GWANGHO HA, कोरियन माउन्टेनियर 14 Peaks पर्वतारोही KIM MI GON, Trekking Camp Nepal Pvt. Ltd. का सन्चालक WANCHU SHERPA लगायतसँग भेटघाटका क्रममा मास्कबारे छलफल गरेकाे हाे ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले उक्त मास्क उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पथप्रदर्शक र सहयोगी कर्मचारीहरूका लागि अत्यन्त उपयोगी हुने बताए। अध्यक्ष आचार्यले भने-“यो मास्कले उच्च उचाइमा अक्सिजनको कमी महसुस गर्ने सबैलाई सुरक्षा र सहारा दिनेछ, जसले गर्दा ती व्यक्तिहरूको स्वास्थ्य र समग्र अनुभवमा सुधार आउने छ।” साथै, उनले कोरियाली कम्पनी र यसको उत्पादन कम्पनीलाई धन्यवाद दिए ।
यस मास्कको बारेमा छिट्टै “Mask Demonstration” कार्यक्रम टान गण्डकीले जनाएकाे छ । जसमा टानका सबै सदस्यहरू, संघ-संस्थाका अगुवाहरू, पर्यटन व्यवसायीहरू र मजदुरहरूको सहभागिता रहनेछ।
दक्षिण कोरियाको सेभिङ स्टोरी कम्पनी लिमिटेडले उत्पादन गरेको यो अभिनव मास्क उच्च उचाइमा पर्वतारोहण र ट्रेकिङ गर्नेहरूका लागि डिजाइन गरिएको हो।
यो मास्कले अक्सिजनको कमीलाई पूरक अक्सिजन उत्पन्न गरेर उच्च उचाइमा यात्राको अनुभवलाई सहज र सुरक्षित बनाउँछ ।