पोखरा । फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको तस्बिर सर्वश्रेष्ठ घोषित भएको छ।
उक्त प्रतियोगिता फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा सम्पन्न भएको थियो, जहाँ प्रतियोगितामा करिब २ सय फोटोग्राफरले भाग लिएका थिए र १,१०० भन्दा बढी तस्बिरहरू प्रस्तुत गरिएका थिए। मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठले रु १५,५५५ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने नेचर एण्ड लैण्डस्केप विधामा सजिनमणि पौडेलले नगद रु १०,०००, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा विभिन्न विधामा अन्य पुरस्कार विजेताहरू पनि सम्मानित भएका छन्। ब्राइड एण्ड ग्रुम पोट्रेट विधामा सवातिरिक्त नन्दु श्रेष्ठ, कलरिड एण्ड रिटचिड विधामा अबी घिमिरे, मोमेन्ट क्याप्चर विधामा सुशील अधिकारी, कपल पोजिड अन वेडिङ डे विधामा कृष्ण सापकोटा र टिपीकल कल्चर विधामा प्रदिप श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
नेचर एण्ड लैण्डस्केप विधामा उत्तम तस्बिर पुरस्कृत भएका अन्य फोटोग्राफरहरूमा पुर्ण बहादुर मौराती, राकेस गुरुङ, एलेक्स नेपाली, बिस्वास र बव शाई रहेका छन्।
कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले विजेताहरूसँग मेडल र प्रमाणपत्र वितरण गर्दै फोटोग्राफीको महत्व र योगदानको चर्चा गरे। यस अवसरमा बिशिष्ट अतिथिहरू, जसमा प्रेस रजिष्टार बिमला भण्डारी, कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी, र अन्य नामचिनिएका व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद पौडेलले गरेका थिए, र सचिव तुलसी राम सुवेदीले सञ्चालन गरेका थिए। साथै, उपाध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
यस कार्यक्रमले फोटोग्राफी क्षेत्रमा गण्डकी प्रदेशका फोटोग्राफरहरूको उत्साह र सृजनशीलता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।










