पाेखरा ।
नेपाल रेस्लिङ संघको आयोजनामा आरडब्लु राष्ट्रिय च्याम्पियनशिप २०२१ हुने भएको छ । पर्यटकीय नगरि पोखराकाे रंगशालाको कभर्डहलमा चैत्र २० गतेदेखि हुने दुई दिने प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषदकी सदस्य एवं संघका महासचिव सुवर्ण श्रेष्ठले च्याम्पियन रेसलरले नगद रु.१ लाख र आर्कषक बेल्ट प्राप्त गर्ने दोश्रोले नगद रु.५० हजार प्राप्त गर्ने बताईन् ।
महासचिव श्रेष्ठले भनिन् “यो हाल सम्मकै सर्वाधिक नगद पुरस्कार हो,यसले खेलाडीको मनोबल पनि उच्च बनाउन मद्दत गर्छ । रेस्लिङ हेर्दा रोमान्चक हुन्छ,यतिकै जोखिमपूर्ण पनि छ । आरडब्लु च्याम्पियनशिप(रिङरेस्लिङ)लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौर हनुमान चोक स्थित रिङ रेस्लिङ एकेडेमीमा तालिम गरिरहेका छन् ।”
अघिल्लो प्रतियोगिताका विजेता डेविड भन्छन्- “प्रतियोगिताबाटै खेलाडीको स्तर मापन हुन्छ । लक्ष्य विनाको प्रशिक्षणको कुनै अर्थ हुदैन ।”
संघले क्यालेन्डर बनाएर प्रतियोगिताको आयोजना गरेको खण्डमा खेलाडीहरु नियमित प्रशिक्षणमा जुट्ने छन् ।
आरडब्लु च्याम्पियनशिपमा नुवाकोटे टाईगर,डेविड,युव,चट्टान,दिलासा,डेनीका,पल,थागु, शाईन लगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् ।
करिब २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद् लाई सहयोगको लागि अनुरोध गरिएको छ ।
प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी, विकास श्रेष्ठ लगायत रहने छन् ।