वाराही माविको ६७ औं वार्षिकोत्सवमा क्लस्टर स्तरीय फुटबल प्रतियोगिता हुने

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । वाराही माध्यमिक विद्यालय पोखरा-५, मालेपाटन कास्कीले आफ्नो ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता-२०८१ आयोजना गर्न लागेको छ।

क्लस्टर स्तरीय यो प्रतियोगिता पहिलो पटक आयोजना हुँदैछ र कास्की जिल्लाका १५ वटा विद्यालयहरूले यसमा सहभागिता जनाउनेछन्। प्रतियोगिता मुख्यत विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

” कार्यक्रमले हाम्रो विद्यालयका विद्यार्थीहरूको खेलकुदमा अभिरुचि बढाउन र भविष्यका फुटबल खेलाडीहरूको खोजी गर्न महत्त्वपूर्ण अवसर हो” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले वताए । हामीलाई विश्वास छ कि यस प्रतियोगिताले हाम्रो विद्यार्थीहरूको क्षमता र उत्साहलाई नयाँ उचाइमा पुर्याउनेछ भनेर अध्यक्ष खत्रीले वताए ।

विद्यार्थीलाई शैक्षिक मात्र होइन, शारीरिक र मानसिक विकासका लागि खेलकुदको पनि महत्वपूर्ण भूमिका हुन्छ, विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले बताए। खेलकुदले विद्यार्थीहरूको शारीरिक स्वास्थ्य सुधार्दै आत्मविश्वास, टीमवर्क र मानसिक दृढता बढाउँछ। यसले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ र विद्यालयका शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राख्दछ प्रधानाध्यापक भण्डारीले बताए।

प्रतियोगिताको आयोजना महत्त्वपूर्ण रहेको र यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने वडा अध्यक्ष विष्णु प्रसाद बराल वताए । यसले उनीहरूको टोली भावना र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि पुर्याउँछ। यस आयोजक टोलीलाई म शुभकामना दिँदै पूर्ण समर्थन व्यक्त गर्नेछु भन्दै वडा अध्यक्ष बरालले बताए।

प्रतियोगितामा प्रथम पुरस्कारको लागि ३०,००० रुपैयाँ र द्वितीय पुरस्कारको लागि २०,००० रुपैयाँ प्रदान गरिनेछ। विजेताहरूलाई ट्रफि, मेडल, सर्टिफिकेट र मायाको चिनो पनि दिइनेछ।

वाराही विद्यालयका खेलकुद संयोजक सुशील क.सीका अनुसार प्रतियोगितामा वाराही माध्यमिक विद्यालय,छोरेपाटन माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, नवप्रभात माध्यमिक विद्यालय लगायतका विद्यालयहरू सहभागी हुनेछन्।

प्रतियोगिताको खर्चको विवरण यसप्रकार रहेको छ : रेफ्री पारिश्रमिकको लागि २५,००० रुपैयाँ, खाजा र खाना खर्चको लागि १०,००० रुपैयाँ, मञ्च र साउण्ड प्रणालीको लागि १०,००० रुपैयाँ, खेलमैदान मर्मतको लागि १५,००० रुपैयाँ, प्राथमिक उपचारको लागि ३,००० रुपैयाँ, विज्ञापन र प्रचार खर्चको लागि २०,००० रुपैयाँ र अन्य स्टेशनरी खर्चको लागि ३,००० रुपैयाँ राखिएको छ। कुल अनुमानित खर्च १८५,००० रुपैयाँ रहेको छ।

श्री वाराही माध्यमिक विद्यालयले यस कार्यक्रमको आयोजनाद्वारा विद्यार्थीहरूको खेलकुद क्षेत्रमा थप प्रगति गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ र यसले राष्ट्रिय स्तरमा कास्की जिल्लाबाट फुटबल खेलाडीहरूको प्रतिनिधित्व गर्ने लक्ष्य राखेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्