आहा रारा गोल्डकप चैत २१ गतेदेखि

  • ख-
  • ख+


पोखरा । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लव स्तरिय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण चैत २१ गतेदेखि हुने भएकाे छ ।

आयाेजक सहारा क्लव पाेखराले शनिवार पत्रकार सम्मेलनमार्फत प्रतियाेगिताबारे जानकारी गराएकाे हाे ।

चैत २८ गतेसम्म चल्ने आरा रारा गोल्डकपमा १ विदेशीसहित ८ टिमकाे सहभागीता रहने अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
सहभागी हुने क्लवहरु
१. नेपाल आयल निगम मनाङ्ग म¥याङ्गदी क्लब,​
​​२. नेपाल पुलिस क्लब,
​​३. रुस्लान थ्रिस्टार क्लब,
​​४. नेपाल ए. पि. एफ. क्लब,
​​५. संकटा क्लब,
​​६. मछिन्द्र क्लब,
​​७. अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुन
​​८. सहारा क्लब पोखरा

‘कोरोना माहामारीका कारण प्रतियोगिताको मिति केही पछाडि धकेलियो भने केही प्रतियोगी टिम पनि आउन पाएनन्,’ अध्यक्ष थापाले भने । अघिल्ला संस्करणमा १२ टिमले सहभागी हुन्थे ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको उपाधि जित्नेले १० लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख १ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सूर्यबहादुर केसीको यसै वर्ष निधन भएकाले उत्कृष्ट पाँच विधाको पुरस्कार उनै केसीलाई समर्पण गरिने आयोजकले जनाएको छ ।

सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने छ । ३५ हजार, प्रमाणपत्र र दोसल्लासहित उत्कृष्ठ खेलाडी सम्मान प्रदान गरिने अध्यक्ष थापाले बताए ।

प्रतियोगितामा करिब १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने र १ करोड २९ लाख १ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

बचत रकमबाट क्लबले सहारा फुटबल एकेडेमीको सञ्चालनार्थ खर्च गर्दै आएको छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ ।

सहारा क्लबले क्याराभान गोल्ड कपसहित २० वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्