पोखरा । इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँले मंसिर ०६ गते देखि ०९ गते सम्मको अवधिमा विभिन्न मुद्दामा दोषी ठहर भएका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा सार्वजनिक अपराध, चेक अनादर, लागुऔषध, कर्तव्यज्यान र बहुबिबाह जस्ता मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी टोलीले ती प्रतिवादीहरुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि न्यायिक अधिकारीसामु पेश गरिने जनाइएको छ।
आबुखैरेनी प्रहरीले फरार प्रतिवादीहरूको पक्राउ कार्यलाई निरन्तरता दिने र कानूनी कारवाहीमा गति ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।