टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबको २.२ किलोवाट आवर भेरियन्ट पोखरामा सार्वजनिक गरेको छ । सिटी स्क्वायर व्याङ्वेट, न्युरोडमा आयोजित उक्त क्षेत्रीय उद्घाटन कार्यक्रममा यस क्षेत्रका ग्राहकहरूको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएको इलेक्ट्रीक सवारी साधनको विकल्प थपिएको छ ।

नयाँ भेरियन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ। २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २,९९,९०० रहेको छ जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ ।

कम्पनीका अनुसार टिभिएस आईक्युब तीन प्रमुख सिद्धान्तहरूबाट प्रेरित छः पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, “नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ। हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट वर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ।”

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले पनि आफ्नो विचार राख्दै भने, “टिभिएस आईक्युवसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ। टिभिएस आईक्युब २.२ किलोवाट- आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्गे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ। हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन-स्टोर विक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं। नेपाली ग्राहकवर्गका लागि दुई पाङ्गे ईभी अझ पहुँचयोग्य भएको छ।”

टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको प्रमुख विशेषताहरूमा २.२ किलोवाट आवरको व्याट्री, ९५० वाटको चार्जर, ५ इन्चको रंगीन टिएफटी स्क्रीन, र २ घण्टामा (०-८०%) फास्ट चार्जिङ समावेश छन्। यसमा सवारी दुर्घटना र टो अलर्ट, टर्न-बाइ-टर्न नेभिगेशन, र डिस्ट्यान्स टु एम्प्टी जस्ता सुविधाहरू पनि छन्। यसको ३० लिटरको अन्डर सीट स्टोरेज र ७५ किमी प्रतिघण्टाको टप स्पिड रहेको छ। यो मोपेड वालनट ब्राउन र पर्ल ह्वाइट रंगमा उपलब्ध छ र यसको मूल्य रु. २९९,९९० छ।

नयाँ टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका ४० टिभिएसका आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ। ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्