पोखरा एभेन्जर्सले कास्की क्रीकेट संघलाई डकआउट हस्तान्तरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रीकेट संघलाई आफ्नो डकआउट (खेलाडी बस्ने ठाउँ) मंगलबार हस्तान्तरण गरेको छ। पोखरा रंगशालास्थित क्रीकेट मैदानलाई घरेलु मैदानको रुपमा लिएको एभेन्जर्सले यसअघि निर्माण गरेको डकआउट कास्की क्रीकेट संघलाई प्रदान गरेको हो।

यस अवसरमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइसिसीका प्रतिनिधिलाई पोखरामा २०२७ मा हुने विश्वकपका लागि केके पूर्वाधारको आवश्यकता पर्ने बारे जानकारी दिन अनुरोध गरे। उनले नेपाल सहआयोजकको रुपमा रहने सो विश्वकपको तयारीका लागि पोखराको पूर्वाधार तयार पार्न र पोखरामा समेत खेलको आयोजना गर्न सहयोगको अपिल गरे।

प्रादेशिक क्रीकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले ३ वर्षपछि एनपिएलको होम अवे अवधारणा अनुसार पोखरामा पोखरा एभेन्जर्सको खेल आयोजना हुने भएकोले सो खेलका लागि सन्तुष्टि व्यक्त गर्दै संघले ‘मिशन २०२७’ लाई अघि बढाइरहेको बताए। पोखरा एभेन्जर्सले कास्की क्रीकेट संघलाई डकआउट हस्तान्तरण गरेकोमा उनले खुसी व्यक्त गरे।

पोखरा एभेन्जर्सको यस पहलले कास्की क्रीकेट संघसँगको सम्बन्धलाई थप सुदृढ बनाएको छ र भविष्यमा पोखरामा क्रीकेटको प्रगति र विकासका लागि थप अवसरहरू सृजना गर्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्