पोखरा । ड्यामसाईड क्लब पोखराको १७औं साधारण सभा र १३औं अधिवेशनको अवसरमा क्लबको नयाँ नेतृत्व चयन गरिएको छ।
क्लबको अध्यक्षमा रमेश प्रसाद बराल निर्विरोध चयन भएका छन्। अध्यक्ष बरालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।
नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष पुजन थकाली, उपाध्यक्ष नितिन शेरचन (किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्ष सफल थापा चयन भएका छन्।
सदस्यहरूमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर पनि निर्विरोध चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबले हालसम्म दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरेको र स्थानीय स्तरमा खेलकुदको विकासमा क्लबको महत्वपूर्ण योगदान रहेको बताएका छन्।
फुटबलको मुख्य उद्देश्य राखेर ३० वर्षअघि स्थापना भएको ड्यामसाईड क्लबले खेलकुदसँगै सामाजिक कार्यमा पनि ठूलो योगदान दिइरहेको महासचिव राकेश श्रेष्ठले उल्लेख गरे।
नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम मंसिर २९ गते शनिबार आयोजना हुने तय गरिएको छ।










