सय दिने अभियानको तयारीका लागि कास्की काँग्रेसमा बैठक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने अभियान शुरु गर्नका लागि आवश्यक तयारी शुरु गरेको छ ।

तयारी स्वरुप कास्की काँग्रेसले मंगलबार जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँ पालिका सभापतिहरुको संयुक्त बैठक गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

अभियानका कास्की जिल्ला प्रतिनिधि एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईको विशेष उपस्थितिमा बैठक गरी अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो । जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शसक्त बनाउनका लागि अभियान महत्वपूर्ण हुने केन्द्रीय सदस्य भट्टराईको भनाइ छ ।

कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले बैठकबाट प्राप्त सुझावहरुलाई समेटेर अभियानलाई जनताको घरदैलोसम्म पु¥याइने बताए ।

बैठक कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्