नेपाली जनप्रगतिशिल मञ्च जापानद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले पोखरा–२५, हेमजामा शनिबार निशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको सहयोगमा आयोजित शिविरमा सुगर, मृगौला तथा महिलासम्बन्धी रोगहरूको परीक्षण गरिएको थियो। विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको कार्यक्रममा २ सयभन्दा बढी नागरिकले सेवा लिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २५ का अध्यक्ष एवम् पोखरा महानगरपालिका प्रवक्ता मोतिलाल तिम्सिनाले समयमै स्वास्थ्य परीक्षण नगर्दा जटिल रोगहरूको जोखिम बढ्ने बताए। उनले यस्ता शिविरले जनचेतना अभिवृद्धि गर्ने भएकाले महत्वपुर्ण भएको उल्लेख गर्दै वडा नागरिक आरोग्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा स्वास्थ्य महाशाखा पोखराका प्रमुख भरतराज पौडेल, डा. प्रतिभा बत्स्याल, डा. रमेश रोका, डा. कृष्ण थापा, र अन्य स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए। वडा सदस्य कृष्ण व. कुँवर, समाजसेवी रामचन्द्र त्रिपाठी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज पौडेल, र विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गौरीशंकर मावि परिसरमा सम्पन्न उक्त शिविरको अध्यक्षता जनप्रगतिशिल मञ्चका अध्यक्ष मोहन पौडेलले गरेका थिए। स्वागत गौरीशंकर आमा समूहकी अध्यक्ष उमाभुर्तेल पौडेलले र सञ्चालन उपाध्यक्ष लक्ष्मी आर्चाय पौडेलले गरे। शिविरले स्थानीय क्षेत्रमा सकारात्मक प्रभाव पार्दै स्वास्थ्य सचेतना अभिवृद्धि गरेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्