पत्रकार महासंघ कास्कीको नेतृत्वमा बराल र अधिकारीबीच प्रतिस्पर्धा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। प्रेस चौतारी र प्रेस युनियनको तर्फबाट माधव बराल अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् भने प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनका तर्फबाट राजेन्द्र अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन्। बराल हाल महासंघका सचिव हुन् भने अधिकारी महासंघका पूर्व उपाध्यक्ष हुन्।

उपाध्यक्ष पदमा प्रेस चौतारी र युनियनका माधव रेग्मी, प्रेस सेन्टर र समाजवादीका श्रीराम सिग्देल र स्वतन्त्र उम्मेदवार कमल पौडेल प्रतिस्पर्धामा छन्। महिला उपाध्यक्ष पदमा बराल प्यानलबाट कञ्चन थापा र अधिकारी प्यानलबाट बिनु मर्साङी मगर आमनेसामने हुने भएका छन्।

सचिव पदका लागि बराल प्यानलबाट भुपाल गुरुङ र अधिकारी प्यानलबाट सन्देश श्रेष्ठले उम्मेदवारी दिएका छन्। सहसचिवमा बराल प्यानलका मधु अधिकारी र अधिकारी प्यानलका श्रीभद्र पौडेलले प्रतिस्पर्धा गर्नेछन्। समावेशी सहसचिवतर्फ धनबहादुर गुरुङ (बराल प्यानल) र दिलप्रसाद गुरुङ (अधिकारी प्यानल) चुनावी मैदानमा छन्।

कोषाध्यक्षमा प्रेस चौतारी र युनियनबाट राजाराम पौडेल र प्रेस सेन्टर र समाजवादीका सुरेशराज अधिकारीबीच प्रतिस्पर्धा हुनेछ। स्वतन्त्र उम्मेदवारका रुपमा फोटो पत्रकार युवराज गुरुङ पनि यो पदका लागि चुनाव लड्दैछन्।

कार्यसमिति सदस्य पदमा बराल प्यानलबाट अर्जुन गाहा, गौरव त्रिपाठी, तुलसीराम सुवेदी, निराजन अधिकारी, बालकुमारी पौडेल, राजु गिरी, रिखिराम जिसी, सन्तोष सुवेदी, सन्दीप पौडेल, देविका तामाङ, सुरेश सुनार, पुनम थापा (निर्विरोध), र सूर्य परियार (निर्विरोध) उम्मेदवार छन्। अधिकारी प्यानलबाट पुष्पराज दाहाल, चिरञ्जिवी पौडेल, विष्णु गौतम, कविता घर्तीमगर, र सन्तोष परियार चुनावी प्रतिस्पर्धामा छन्।

पाँच केन्द्रीय पार्षद पदका लागि ११ उम्मेदवार छन्। यसमा अमृतराज उपाध्याय, ऋषिराम बराल, कृष्ण दुवाडी, कृष्णमणि बराल, दिननाथ बराल, भरत कोइराला, एमबी आस्था, राजबहादुर गुरुङ, रामप्रसाद तिमिल्सिना र शिरोमणि बराल छन्।

त्यसैगरी, १५ प्रदेश परिषद सदस्य पदका लागि १७ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। यसमा केशव पाठक, खीमाकुमारी गुरुङ, खेमबहादुर सारु, गणेशकुमार श्रेष्ठ, घनश्याम पाण्डे, दुर्गाप्रसाद पौडेल, निरज कायस्थ, प्रकाश ढकाल, वासुदेव मिश्र, विष्णुप्रसाद सापकोटा, मनोहरि पौडेल, राम गुरुङ, रुद्र श्रीष मगर, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सुदर्शन रञ्जित र हरि पन्त छन्।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। कास्कीमा २८ मंसिरमा मतदान हुनेछ। दुई प्यानलबीचको यो प्रतिस्पर्धाले महासंघको नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्