लीपमोटर सि १० अब पोखरामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । इलेक्ट्रिक गाडी कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर सि१० पोखरामा सार्वजनिक गरिएको छ । प्रिमियम सेगमेन्टको विद्युतीय गाडी पोखरा तथा आसपासका ग्राहकलाई उपब्ध गराउने गरी पोखराको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स कम्पनी प्रा.लिले सि१० लाई पोखरामा गाडी भित्र्याएको हो ।

पोखरास्थित होटल पोखरा ग्राण्डमा एक कार्यक्रमबीच बुधार गाडी सार्वजनिक गरिएको छ । सो अवसरमा पाँच जना ग्राहकलाई लीपमोटर सि१० गाडीको चावी हस्तान्तरण गरिएको छ ।

हाल अमरसिंहचोक पोखरामा रहेको एस.एस.एल. मोटर्स कम्पनीले छिट्टै लीपमोटर र सीट्रोनको नयाँ सोरुम चाउथेमा सुरुवात गर्ने तयारी गरेको छ ।

लीपमोटरले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री र सुविधायुक्त गाडी बजारमा ल्याएको छ । प्रिमियम सेगमेन्टमा राम्रो गाडी रोज्ने ग्राहकका लागि यो गाडी उपयुक्त हुने कम्पनीले विश्वास लिएको छ।

लीप मोटरका लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स हो । साँग्रिला मोटर्स प्रा.लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग आबद्ध छ । यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्