रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्ने अदालतको आदेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार यसबारे निर्णय गरेको हो। कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ र छिट्टै सरकारी वकिललाई मुद्दा दर्ता गर्न प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्