पन्थी इन्डस्ट्रिजको टोल–टोलमा दमकल अभियान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सामान्य बुझाईमा टोल टोलमा दमकल कसरी हुन्छ भन्ने कौतुहता आम जनमानसमा पर्न सक्छ । तर भन्दा र सुन्दा अचम्म लागेपनि पन्थी इन्डस्ट्रिजले जुन अभियानलाई तदारुकताका साथ अगाडी बढाईरहेको छ, त्यो पन्थीको व्यवसाय मात्र नभई हरेक घर, टोल तथा देशकै लागि पनि लागि अत्यावश्यक कुरा हो ।

पन्थी इन्डस्ट्रिजको टोल टोलमा दमकल अभियानको अर्थ दमकल नै टोल टोलमा राखौं भन्ने हैन, दमकलको रुपमा पनि काम गर्ने पानी ट्याङ्की राखौं भन्ने हो । पानी सबैको आवश्यकता हो । तर पानीको महत्व त्यो बेला झनै धेरै हुन्छ जुन वेला टोलमा आगोलागिका घट्ना घट्छ । समयमै दमकल पुग्दैन र ठुलो क्षति हुन्छ । हो, यहि आवश्यकता मध्यनजर गर्दै पन्थी इन्डस्ट्रिजले विगत ६/७ वर्षदेखि टोल टोलमा दमकल अभियान चलाएको हो ।

नेपालमा पहिलो पटक एसएस ट्याङ्की पन्थी इन्डस्ट्रिजले निर्माण गरेको इन्डस्ट्रिजका सञ्चालक रेशमराज पन्थीले बताउँछन् । उनका अनुसार डबल एक्शन हाइड्रोलिक प्रेस टेक्नोलोजीबाट निर्मित यस ट्याङ्की 304 फूड ग्रेडका प्लेटहरु जडान गरेर बनाईएको हुन्छ । जसले गर्दा पिउने पानी भण्डारणको लागि सत प्रतिशत सुरक्षित बनाउँछ । यो ट्याङ्की कुनै पनि तापक्रममा पानी भण्डारण गर्नका लागि उपयुक्त (सब शून्य देखि अत्यन्त तातोसम्म) हुन्छ ।

सर्भिस फ्रि अर्थात एक पटक ट्याङ्की राखेपछि १०० वर्षसम्म मर्मत नै गर्न नपर्ने यो ट्याङ्की पूर्ण रुपमा स्टिलनेश स्टिलबाट निर्माण गरिएको हुन्छ । सम्वन्धित ठाउँमा नै गएर प्लेटहरुको वेल्डिंग गरेर निर्माण गरिने यस ट्याङ्कीको भण्डारण क्षमता ५०० देखि ५ लाख लिटरसम्मको हुने इन्डस्ट्रिजका सञ्चालक पन्थी बताउँछन् ।

यो ट्याङ्की टिकाऊ, दिगो र अत्यधिक तापक्रममा पनि लामो समयसम्म पानीको गुणस्तर कायम राख्ने सञ्चालकको दावी छ । दक्ष र अनुभवी प्राविधिकले कम समयमा धेरै उत्पादन तथा निर्माण गर्न सकिने यो ट्याङ्की उन्नत प्रविधिद्वारा भारी वजनका धेरै टिकाऊ प्लेटहरू प्रयोग गरिएको हुन्छ । रासायनिक, औषधि र संरक्षक कारखानामा पानी भण्डारणको लागि यो ट्याङ्की उपयुक्त मानिन्छ । ग्रामीण क्षेत्रमा पनि सहजै जडान गर्न सकिने यो ट्याङ्की खियाको लागि प्रतिरोधी साथै भत्काउन र सार्न सजिलो छ ।

युनिसेफसँगको सहकार्य

पन्थी इन्डस्ट्रिजबाट उत्पादन गरिएका पानी ट्याङ्की टोल टोलमा राखेर पानीका अरु आवश्यकता पूरा गर्नुका साथै आगलागिको अत्यावश्यक समयमा तुरुन्तै आगो निभाउन सकिन्छ र ठुलो क्षति हुनबाट रोक्न सकिन्छ भन्ने उद्देश्य लिएको यो अभियान परिणाममूखि छ ।

यस उद्देश्य अनुसारको आवश्यकता महसुस गरी युनिसेफको प्राविधिक र नेपालगञ्ज उपमहानगरपालिकासँगको आर्थिक सहयोगमा नेपालगञ्जमा हालै तिन हजार लिटरको दमकल रिफिल सेण्टर (दमकललाई पानी भर्ने ट्याङ्की) निर्माण गरिएको छ । त्यहाँ शहरी विपत तथा भुकम्पकीय पूर्व तयारी परियोजना नामक अग्नि नियन्त्रणक लागि ट्याङ्की निर्माण गरिएको हो ।

यसका साथै पन्थी इन्डस्ट्रिजले विभिन्न संघ संस्थाको सहकार्यमा नेपालगञ्ज, कन्चनपुरको महेन्द्रनगर, रुकुम पश्चिममा पनि पन्थी एसएस ट्याङ्की निर्माण गरिसकेको छ । नेपालका ७७ वटै जिल्लामा सेवा दिन सक्षम पन्थी इन्डस्ट्रिजले हालसम्म ३० भन्दा बढी जिल्लामा आफ्नो उत्पादनबाट सेवा दिएको छ ।

एक हजार लिटरका दैनिक १०० वटासम्म ट्याङ्की बनाउन सकिने कम्पनीको दावी छ । जसका लागि १० जना कामदार आवश्यक पर्छ । प्लेटहरु वेल्डिङ गरी निर्माण गर्ने हुनाले बनाउन पनि सजिलो हुने सञ्चालक पन्थी बताउँछन् । उनका अनुसार यस इन्डस्ट्रिजमा करिव ५ करोड लगानी भईसकेको छ ।

सबै सरकारी स्कुलमा चिसो पानीको ट्याङ्की निर्माण गर्ने अवधारण पनि पन्थी इन्डस्ट्रिजले अगाडी सारेको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्