‘शिक्षामा नीतिगत सुधार आवश्यक’: सञ्चार मन्त्री गुरुङ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामा नीतिगत सुधार आवश्यक भएकाे बताएका छन् । बराह माध्यमिक विद्यालय माछापुच्छ्रे–६, कास्कीमा आयोजित कार्यक्रममा गरुङले स्कुललाई बैज्ञानिक र प्राविधिक शिक्षा दिने संस्थाकाे रुपमा विकास बनाउनुपर्ने बताएका छन् ।

‘अहिलेका स्कुलका पढाई वेराेजगार युवा उत्पादन गर्ने थलाेकाे रुपमा परिचित भएका छन्  । तर अव याे सरकारले शिक्षाकाे गुणस्तरमा नीतिगत आमूल परिवर्तन गरि वैज्ञानिक, सीपयुक्त र प्राविधिक शिक्षा दिने संस्थाकाे रुपमा विकास गर्ने लक्ष्य राखेकाे छ ।’ उनले भने-‘अवकाे शिक्षा नीति भनेकाे एक हातमा शैक्षिक प्रमाणपत्र र अर्काे हातमा सीप भएकाे प्रमाणपत्र हुनेछ।’

बराह माविकाे ५७ ओैं वार्षिकाेत्व तथा भेटेरिनरी शिक्षालयको रजत महाेत्सव कार्यक्रममा उनले मन्त्री गुरुङले सरकार राहदानी, सवारी चालक अनुमतिपत्र, बैंक नोट, अन्तर्शुल्क स्टिकर, लालपुर्जा लगायतका सामग्री देशभित्रै छाप्ने तयारीमा लागेको बताए ।

देशमा भएकाे राजनीतिक अस्थिरताले जनतामा अविश्वास पैदा भएकाे बताउँदै गुरुङले दुई ठुला दल मिलेर राजनीतिक स्थिरता दिदै मुलुकलाई  असफल हुनबाट बचाएकाे उल्लेख गरे ।

 सरकार गठन भएको पाँच महिनामा देखिने गरी ठूला परिवर्तन नभएको भए पनि समस्याहरु पहिचान गरी समृद्धिको यात्रा थालिएको उनको भनाइ छ ।

उनले देशमा प्रमुख राजनीतिक दलहरुले ठूला ठूला आन्दोलन, क्रान्तिहरुको सफल नेतृत्व गरेको स्मरण गर्दै उनले आर्थिक, सामाजिक रुपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंंल्याए ।

सरकारले काम गरिरहेको भए पनि सन्तुष्ट हुने अवस्था नभएको जनाउँदै उनले बाँकी अवधिमा देखिने गरी केही काम हुने दाबी गरे ।

मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरी इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पुर्‍याउन लागी परेकोसमेत जनाए ।

उनले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औंल्याउँदै उनले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गरे ।

२०२४ मा स्थापना भएको बराह माविले प्लस टुमा २०५७ सालदेखि भेटेरिनरी अध्यापन गराउने गरेको छ । विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्