
पोखरा । ’सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔंझ भन्ने नारासहित २६ औं पोखरा सडक महोत्सव सुरु भएको छ ।
अंग्रेजी नयाँ वर्षको स्वागातार्थ रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्धारा आयोजित महोत्सवको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिवार उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेको बताए । उनले सरकारले दिएको निर्देशन अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणले काम नगरेको भन्दै असन्तुष्टी पोखेका छन् । विमानस्थल सञ्चालनका लागि सम्वन्धित निकाय, मन्त्रालय तथा कार्यालयहरुमा निरन्तर आवाज उठाएको उल्लेख गरे ।
नागरिक उड्डयले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्यविधि छिट्टो बनाउनुपर्ने उनको जोड छ । मन्त्री गुरुङले प्रदेशको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार र भौतिक संरचना बनाउनका लागि गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए । उनले पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मिललाल बस्याल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्या जिसी श्रेष्ठ, पोखरा महानगरका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले सडक महोत्सव पोखराको ब्राण्ड बनिसकेकाले यसको स्तरवृद्धि र प्रभावकारी बनाउनका लागि साथ र सहयोग रहने बताएका थिए ।
महोत्सव संयोजक विकास भट्टराईले महोत्सवमा सडकमै खाने सडकमै रमाउने क्रियाकल सार्थ थप रौनक प्रधान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमहरु राखिएको बताए ।
अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक सम्वाद कार्यक्रम हुने रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल बताए । उनका अनुसार अम्मटमा २ दिनसम्म सडक सम्वाद कार्यक्रम चल्नेछ ।
महोत्सवमा उपस्थित झाँकी ¥यालीबाट पुन समाज पोखरा प्रथम भएको महोत्सवको साँस्कृतिक झाँकी ¥याली संयोजक चौबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार रुकुमेली एकता समाज द्वितीय र थारु समाज नवलपुरको टोली तृतीय भएको थियो ।
महोत्सवको उद्घाटनअघि खहरेचोकबाट सुरु भई कोमागाने पार्कमा टुंगिएको झाँकीसहितको ¥यालीबाट भएको हो । ¥यालीमा ६० भन्दा बढी स्थानीय समूहले परम्परागत भेषभूषा र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
लेकसाइडको फिस्टेलगेटदेखि डिहिकोपाटनसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवमा खुला सडकलाई रङ्गीचङ्गी झण्डा र बत्तीले सजाइएको छ ।
महोत्सवमा टेबल–कुर्सी राखेर सडकमै खानपान, सांस्कृतिक कार्यक्रम, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक खेल, वृत्तचित्र प्रदर्शन, लोकदोहोरी, लाइभ कन्सर्टजस्ता कार्यक्रम आयोजना गरिएको छ ।
मंगलबार साँझ ‘द इन्ड गेम’ शीर्षकमा विशेष कन्सर्ट आयोजना गरिनेछ । कन्सर्टमा सविन राई एण्ड द स्यारो, पूर्ण राई एण्ड दाजुभाइ, डोङ, देवेन्द्र बब्लु एण्ड फिरन्ते, इन्फ्लेम ब्यान्डलगायतका प्रस्तुति रहनेछन् ।
महोत्सवका अवसरमा हरेक साँझ लेकसाइडमा तीन स्थानमा स्टेज बनाएर स्थानीय कला र संस्कृति प्रदर्शन गरिनेछ । यसले नेपाली परम्परागत जीवनशैली र सांस्कृतिक विविधताको झल्को दिने आयोजकले जनाएको छ । पुस १७ गतेसम्म चल्ने पाँचदिने महोत्सवमा स्वदेशी र विदेशी पर्यटकहरू सहभागी भएका छन् । महोत्सवले पोखरालाई थप चहलपहलमय बनाउँदै यहाँको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने आयोजकको अपेक्षा छ ।