आँधिखोला गाउँपालिकामा एक सय बढि युवाहरु माओवादी केन्द्रमा प्रवेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकाका एक सय जना भन्दा बढि युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिवार माओवादी केन्द्र आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनको अवसरमा एक सय भन्दा बढी नेता र कार्यकर्ताहरूले विभिन्न दल परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सदस्यहरूको स्वागत गर्दै माओवादी आन्दोलनले युवाहरूमा नयाँ आशा र विश्वास जगाएकाे बताए । ‘देशभर माओवादी प्रवेश गर्नेहरूको लर्को लागिरहेको छ।’ उनले भने-‘पार्टीको दृढ संकल्प र सामाजिक परिवर्तनको अभियान युवाहरूलाई आकर्षित गरिरहेको छ।’

कार्यक्रममा गण्डकी प्रदेशका पार्टी सचिवालय सदस्य तथा वाईसीएल नेपालका केन्द्रिय सचिव हरि ढकालले युवाहरूको राजनीतिक सक्रियता र माओवादीसँगको सहकार्यको महत्त्वलाई रेखांकित गरे। उनले आफूहरु परिवर्तनको संघर्षमा जुटिरहेकाे बताउँदै आँधिखोलामा नयाँ जनलहर ल्याउँदै समाज परिवर्तनको दिशामा अघि बढिरहेकाे उल्लेख गरे ।

उनले माओवादी आन्दोलनले युवाहरूसँग जोडिने नयाँ उमंग सिर्जना बताए । जसले समाजको समृद्धिका लागि नयाँ कदम उठाउन प्रेरित गरेको उनकाे विश्वास छ । उनले भने-‘यो परिवर्तनको युग हो र हामी वैज्ञानिक सोचका साथ समाज परिवर्तनमा लाग्नुपर्नेछ।’

माओवादी केन्द्रले आँधिखोला गाउँपालिकामा युवाशक्तिको योगदानलाई ‘नयाँ जनलहर’ को रुपमा देख्दै, आगामी दिनहरूमा अझ सशक्त नेतृत्व र सक्रिय सहभागिताका लागि प्रतिबद्धता व्यक्त गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्