पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

फोनिज कास्कीको अध्यक्षमा बिनु थापामगर सर्वसम्मत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा बिनु थापामगर सर्वसम्मत चयन भएकी छन्। पोखरामा माघ ४ गते शुक्रबार सम्पन्न सातौं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा शुसील श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्रास्ना मानन्धर र कोषाध्यक्षमा बस बहादुर शेर्पा चयन भएका छन्। सदस्यहरुमा सोनु राना, हुम गुरुङ, अर्चना श्रेष्ठ रहेका छन्। बाँकी सदस्यहरु पहिलो बैठकमा मनोनित गरिनेछ।

थापा पोखरा टेलिभिजनमा कार्यरत पत्रकार हुन्। उनले कार्यसमिति गठनपछि नयाँ चुनौती र अवसरको सामना गर्दै महासंघको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्