क्षत्री समाज भवन परिसरमा निर्माण गरिएकाे दुर्गा माताकाे मन्दिर उद्घाटन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । क्षत्री समाज नेपालको भवन परिसरमा ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको दुर्गा माताको मन्दिर उद्घाटन गरिएको छ ।

समाजका केन्द्रिय अध्यक्ष रिबबहादुर थापाले पोखरा नयाँबजारस्थित समाज भवनको परिसरमा निर्माण गरिएको सो मन्दिरको शनिबार उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि थापाले समाजलाई गतिशिल बनाउन र देशभरका क्षत्रीहरुलाई एकाकार बनाउन लागिपरेहेको बताए ।

‘हाम्रा मुद्धाहरु र मागहरुका बारेमा राज्य मौन रहेको छ । राज्यले हामीलाई विभेद गरेको छ । सो विभेद हाम्रा लागि मान्य छैन । अब हामी पूर्व मेचीदेखि महाकालीसम्मको देश दौडाहा र जागरणको कार्यक्रम लिएर जादैछौं ।’अध्यक्ष थापाले भने-‘आफ्ना हकाधिकारका लागि आन्दोलनका लागि पनि तयार हुनुपर्छ ।’

थापाले देशभरका जिल्लाहरुमा जागरण संगसंगै विदेशमा पनि दर्जन देशहरुमा शाखा बिस्तारको योजनामा रहेको र छिट्टै नेपालसहित ११ देशको अन्तराष्ट्रिय सम्मेलन गर्ने सोंच रहेको बताए । समाजका अहिले ६ वटा देशमा शाखा रहेका छन् ।

केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाजलाई अब्बल बनाउन लागिपरेको र यसका लागि महानगर, जिल्ला तथा प्रदेश कमिटिहरु चलायमान हुन जरुरी भएको बताए ।

उनले आगामी जेठसम्म सबै जिल्लामा सांगठानिक अभियानमा जोडिने र जेठ मसान्तसम्म अभियानलाई लैजाने उल्लेख गरे ।

‘हामी अझैं मजबुत हुनुपर्नेछ’उनले भने-‘समान मुद्धा भएका अन्य समूहरुसंग वार्ता भइरहेको र एकाकार झन् बलियो हुने विश्वास छ ।’

 महासचिव थापाले समाजका पूर्व अध्यक्ष पदम बहादुर कार्कीको कार्यकालमा उनले परिकल्पना गरेको दुर्गा माताको मन्दिर निर्माण कार्य उनी हाल नभएपनि सबैको सहयोगले पूर्णता पाएको बताए ।

 ‘उहाँकाे लागि पनि ठूलो सम्मान र सम्झनाको कुरा भएको छ । हामीले कार्कीको नाममा स्मृति कोष बनाउने र त्यसबाट सामाजिक काम लगायतका कामहरु गर्ने योजना रहेको रहेका छन् । अब समाजको कोष हुनुपर्छ ।’ उनले भने-‘मन्दिर पनि उद्घाटन भईसकेकोले व्यवस्थित तवरले चलाउन एक पूजारीको बन्दोबस्त गर्नुपर्छ ।’

क्षत्री समाज नेपाल गण्डकीका वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारीले २०७८ सालको घटस्थापनाको दिनमा सिलान्यास गरिएको मन्दिरको निर्माणले अझ सामाजिकीकरण, धार्मिक तथा सांस्कृतिक एकताका लागि उदाहरण बनेको बताईन् ।

उनले भनिन-‘अब यो सबैको सझा सम्पति भएको छ । राज्यले हाम्रा मागहरु संवोधन गरेको छैन । मागहरु जिवितै छन् तिनिहरुको परिपूरणका लागि पनि लड्नुपर्ने आवश्यक्ता औंल्याउदै अधिकारीले आफ्नो तर्फबाट केन्द्र, महानगर वा जिल्ला समितिहरुलाई सकेको योगदान गर्न तयार छाैं ।’

यसअघि कार्यक्रममा सहभागि भएकाहरुलाई स्वागत गर्दै क्षत्री समाज नेपाल कास्कीका उपाध्यक्ष अर्चना बस्नेतले पूर्व अध्यक्ष पदम बहादुर कार्कीको परिकल्पनालाई साकार पार्नुपर्ने हाम्रो कर्तव्य रहेकोमा त्यसलाई पूरा गर्न पाएकोमा सहयोगी सबैलाई आभार व्यक्त गरिन् ।

विभिन्न तथ, तप्का, महानगर, दाताहरु, सहयोगि मनहरुको सहयोगबाट यो संभव भएको बताईन् । उनले मन्दिर निर्माणका लागि ३५ लाख लागत रहेको र सबै चुक्ता भएको बताईन् । उनले मन्दिरको तामाको छाना राख्नका लागि केन्द्रिय अध्यक्ष रिब बहादुर थापाले ६ लाख ५८ हजार बढी रकमको योगदान रहेको जानकारी दिईन् ।

दुर्गा माता मन्दिरकाे उद्घाटनसँगै मन्दिरमा राखिएको दुर्गा मातासहित पाञ्चाङ्ग देवताका मूर्तिहरुको प्राण प्रतिष्ठा समेत सम्पन्न भएको छ ।

समाजका कोषाध्यक्ष सन्दिप थापाले संचालन गरेको कार्यक्रमको अध्यक्षता क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष दील बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्