चिप्लेढुंगामा खुल्यो ड्याडिज किचन,४ करोड रुपैयाँकोे लगानी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको मुटु मानिने चिप्लेढुंगामा ड्याडिज किचन सञ्चालनमा आएको छ । ड्याडिज ग्रुपद्वारा सञ्चालित उक्त किचनको २२ औं शाखा चिप्लेढुंगामा विस्तार भएको हो । यो पोखराको चौंथो शाखा हो ।

यसअघि पोखरा १७, बिरौटामा ड्याडिज फुड ट्रक, पोखरा १७ बिरौटा, हिमालीटोलमा ड्याडिज किचन, पोखरा ८, सिमलचौरमा ड्याडिज एक्सप्रेस सञ्चालित छन् ।

यी शाखाहरुबाट प्राप्त सफलता, सबैको सहयोग, सद्भाव र साथले पोखरामै हाल ४ वटा शाखा विस्तार गर्न सफल भएको ग्रुपका अध्यक्ष कमलजङ्ग कुँवरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

युवा उद्यमीद्वारा नेपालमै केही गरौं भन्ने उद्देश्यका साथ सन् २०१२ मा रु. ८० हजारबाट बुटवलको दीपनगरबाट ठेला, फुड ट्रक, क्याफे हुँदै रेष्टुरेन्टको रुपमा संचालित ड्याडिज किचनमा अहिले करोडौंको लगानी रहेको उनको भनाई छ । उनका अनुसार चिप्लेढुंगा शाखामा मात्र रु. ४ करोड लगानी गरिएको छ ।

रुपन्देही, कास्की र काठमाडौंका विभिन्न ठाउँमा विस्तार गरेका २२ शाखाहरुमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेन्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरुमा क्यान्टिन संचालित छन् ।

हरेक व्यवसायको सुरुवाती समयमा केही कठिनाइको सामना गरेका कुँवरले कहिल्यै हार नमानि निरन्तर लागेमा स्वदेशमा आफ्नो क्षमता दक्षता लगानी गर्दा पछुताउन नपर्ने बताए ।

ड्याडिज किचनमा नेपाली, इन्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना र खाजा, फुड डेलिभरीको सुविधा, मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्युजिक, वर्थडे लगायत विभिन्न कार्यक्रमहरूको सेलिब्रेसन, रमाइलो अनि आरामदायी वातावरण, आत्मीय सेवाको अनुभव, व्यवस्थित पार्किङ लगायत सुविधा पाउन सकिन्छ ।

चिप्लेढुङ्गा जस्तो व्यस्त बजारमा बाइक, स्कुटर पार्किङको सुविधा सहित सेवा विस्तार गरिएकोले ग्राहकलाई सहजता हुने सञ्चालक कुँवरको विश्वास छ ।

चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा कार्यालय ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षीया आमा लक्ष्मीदेवी द्वाले संयुक्तरूपमा समुद्घाटन गरेका हुन् ।

उद्घाटन अवसरमा शुक्रवार नै राष्ट्रिय कलाकार अस्मिता अधिकारी र महेश काफ्लेले साङ्गीतिक प्रस्तुति राख्नुहुने कार्यक्रम रहेको जनाइएको छ । यस्तै, माघ १५ गतेसम्म क्रमशः हाँस्यकलाकार सन्दीप क्षेत्री, गायक एस. कुमार, कपिल पुन र नेशन पुनसमेतको प्रस्तुति रहनेछ ।

ड्याडिज किचनले नेपालभर ७ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको जनाईएको छ । पोखराका ४ शाखाहरूमा २ सय ७० जनाभन्दा बढी बढीले रोजगार पाएका छन् ।

आगामी वर्ष सन् २०२५ मा भारतको राजधानी नयाँ दिल्लीबाट ड्याडिज किचन नामबाट थप सेवा विस्तार गर्ने योजनामा रहेको अध्यक्ष कुँवरले खुलाए ।

कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौँ भन्ने स्लोगनका साथ ड्याडिज किचनले सेवा दिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्