राष्ट्रिय औद्योगिक व्यापार मेला २ दिनका लागि थप:राजस्थानको लोकनृत्य देखाईने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलामा अवलोकनकर्ता  दर्शकको उत्साहजनक सहभागीता बढेपछि २ दिन थप गरिएको महोत्सवका संयोजक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले जानकारी दिएका छन् ।
माघ १० गतेदेखि सुरु भएको यस महोत्सवको समापन माघ १९ गते भव्य रुपमा गर्ने आयोजकले तयारी गरेको छ । पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा जारी महोत्सवमा दर्शकको भीड बढेको छ ।
दर्शकको बाक्लो उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका स्टल विक्रि संयोजक टिकाराम सुवेदी ’माधव’ले जानकारी दिए । महोत्सवमा विशेष गरी मोवाइल, कम्प्युटर, अटो, हस्तकला, घरायसी सामाग्री, लत्ता कपडा, श्रृङ्गारका सामाग्री,कृषिका सामाग्री संगै तरकारी लगायतका सामाग्रीको ब्यापार वढेको सुवेदीले बताए ।
महोत्सवको सातौ दिन लोक दोहारी कलाकार चोलेन्द्र पौडेल, शिव हमाल,पार्वती जिसी,कृष्ण भटराई,रमा गौतम,केशब घिमिरे लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवको आठौ दिन विहिवार भारतको राजस्थानको लोकनृत्यको साथमा कलाकारहरु चोलेन्द्र पौडेल, ज्योति लोहनी,रामजी पौडेल मन्जु विक अमर धिताल लगायतको पस्तुती रहने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।
मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल तथा १० जनालाई बन्दीपुर केवलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ भने टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्नेछ । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ । आइटी महोत्सव अन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ ।
यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको छ । मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर  रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् ।
मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्