
पाेखरा । सल्युट गाेर्खा ट्रेनिङ सेन्टरबाट व्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ति हुन सफल लाहुरेका अभिभावकहरुलाई सम्मान गरेकाे छ ।
पाेखराकाे चाउथेमा रहेकाे सल्युट गाेर्खामा प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुमध्ये वर्ष २०२४/२५ मा १३ जना प्रशिक्षार्थीहरु लाहुरेमा भर्ति भएका छन् ।
यसरी भर्ति हुनेमा विट्रिस आर्मीतर्फ शिशिर भट्टराई (स्याङ्गजा), विश्वास राना (स्याङ्गजा), उपेन्द्र चाैहान (माेरङ), सलिन कुमाल (पाल्पा), जक्सन शाही (बाग्लुङ), साहस दुरा (लमजुङ), राेहित क्षेत्री (कास्की) र साेखिम राना (कास्की) रहेका छन् ।
यसै गरि सिंगापुर पुलिसमा भर्ति हुन सफल सागर गुरुङ (गाेरखा), सिजिन ठकुरी (तनहुँ), उज्वल राई (खाेटाङ), विजय पुन (म्याग्दी) र मनिल गुरुङ (लमजुङ) रहेका छन् ।
सल्युट गाेर्खामा प्रशिक्षण लियर भर्ति भएकाे खुसियालीमा सल्युट गाेर्खाले लाहुरे हुन सफल प्रशिक्षार्थीका अभिभावकहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले सल्युट गोर्खा ट्रेनिङ सेन्टरले गर्दै आएको सामाजिक कार्यहरु एवम युवाहरूका लागि गरेको भर्ती केन्द्रित गतिविधिहरुको प्रशंसा गरे ।
याेगा इन्स्टक्टर रश्मि भण्डारी, भूपु इण्डियन आर्मी अमृत बहादुर गुरुङ, सल्युट गाेर्खाका इङ्लिस इन्स्टक्टर हेम रानाभाट, शिवराज सुवेदी, म्याथ इन्स्टक्टर सागर गाैतम लगायतले मन्तव्य राखेकाे कार्यक्रममा सल्युट गाेर्खाका प्रशिक्षार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
सल्युट गाेर्खाका सञ्चालक राहुल पाण्डकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत सल्युट गाेर्खाका चिफ ट्रेनिङ इन्स्टक्टर कृष्णबहादुर आलेले गरेका थिए ।