थ्री स्टारको शानदार टाइब्रेकर जित, मछिन्द्रलाई हराउँदै सेमिफाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा रंगशालामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा पाँचपटकको विजेता थ्री स्टार क्लबले जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ।

शनिबार सम्पन्न रोमाञ्चक क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ को अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गर्न सफल भयो।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयभरि दुवै टोलीले गोल गर्न सकेनन्, जसका कारण खेल पेनाल्टी सुटआउटमा धकेलियो।टाइब्रेकरमा थ्री स्टारका दीपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे।

मछिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले मात्र गोल गर्न सके भने विशाल घलानको प्रहार बारमा लागेर फर्कियो र आदित्य शाक्यको प्रहार थ्री स्टारका गोलकिपर सरिन जिसीले बचाए।

थ्री स्टारले प्रतियोगितामा बाई पाएर सिधै क्वाटरफाइनल खेलेको थियो, भने मछिन्द्रले प्रिक्वाटरफाइनलमा एपीएफ एफसीलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।

अब थ्री स्टारले सेमिफाइनलमा थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्