ब्ल्याक बुल्सको प्रभावशाली जित, आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार सकिएको खेलमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ३८औं मिनेटमा ब्ल्याक बुल्सका इस्लोम्जन अब्दुकोडिरोभले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ७३औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले गोल गर्र्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटमै ब्ल्याक बुल्सले अर्काे गोल थप्यो । ७५औं मिनेटरमा शाब्कात्जोनले डिबक्स बाहिरबाट गोल गर्दै टोलीलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स ३–० ले विजयी भयो ।

पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै थन्डरबोल्ट क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा ब्ल्याक बुल्ससँग पराजित हुँदै थन्डरबोल्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

योसँगै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । ब्ल्याक बुल्सहित नेपाल पुलिस क्लब, चर्च ब्बाइज युनाइटेड र थ्री स्टार सेमिफाइनलमा पुगेको हुन् ।

पहिलो सेमिफाइनल खेलमा भोलि नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । दोस्रो सेमिफाइलन खेल थ्री स्टार र ब्ल्याक बुल्सबीच बिहीबार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्