पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

नेपाल पुलिस क्लब फाइनलमा,चर्च ब्वाइजलाई हराउँदै उपाधि नजिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल पुलिस क्लबले शानदार खेल प्रदर्शन गर्दै चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै २४औँ आहा रारा पोखरा गोल्डकपको फाइनल यात्रा तय गरेको छ। बुधबार पोखरा रंगशालामा भएको रोमाञ्चक सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १-० गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफमा दुबै टोलीले केहि राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। तर, खेलको ५८औँ मिनेटमा पुलिसका सञ्जीव लामाले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए।

त्यसपछि चर्च ब्वाइजले बराबरी गर्न अनेक प्रयास गरे पनि पुलिसको बलियो डिफेन्सले कुनै मौका दिएन। अन्ततः सञ्जीवको एक मात्र गोल नै पुलिसलाई फाइनलसम्म पुर्‍याउन पर्याप्त बन्यो।

नेपालको सबैभन्दा प्रतिष्ठित मोफसल फुटबल प्रतियोगिता मानिने आहा रारा पोखरा गोल्डकप अहिले २४औँ संस्करणमा पुगेको छ। अझ विशेष कुरा त, यो खेलसँगै प्रतियोगिताले आफ्नो २५०औँ खेलको कोशेढुंगा पार गरेको छ।

अब नेपाल पुलिस क्लबले शनिबार उपाधिका लागि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालकै थ्री स्टार क्लबबीचको दोस्रो सेमिफाइनल विजेतासँग भिड्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्