पोखरा–२५ वडा कार्यालय हेमजाले बाल नृत्य प्रतियोगिता गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयले बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर मावि हेमजाको प्रांगणमा हुने पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगर प्रवक्ता मोति लाल तिम्सिनाले जानकारी दिए ।

प्रतियोगितामा हेमजा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाउने व्यवस्था रहेको छ ।

प्रतियोगितामा मावि तर्फ ३ जनामा १ जना छात्रा अनिवार्य र आधारभूत विद्यालय तर्फ एक जना छात्र÷छात्रा सहभागि जनाउन पाउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनलाई १० हजार, द्धितीय हुने ७ हजार तथा तृतीय हुने ५ हजार र ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।

‘हरेक वालवालिका सँग कुनै न कुनै प्रतिभा लुकेर वसेको हुन्छ, तिनै प्रतिभा उजागर गर्न वडा कार्यलयले यो कार्यक्रमको आयोजना गरेको हो’ अध्यक्ष तिम्सिनाले भने, ‘विद्यार्थीहरुको हौसला प्रदान गर्न र ती प्रतिभा उजागर गर्न कार्यक्रमलाई भव्य बनाउनका लागि हेमजावासीहरुको सहभागिताका लागि अनुरोध गर्दछु ।’

उनका अनुसार वडा कार्यलयको निति तथा कार्यक्रम अन्तर्गत नै वाल नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।

हेमजा सामुदायिक संस्थागत तथा वौद्ध गुम्बाले सञ्चालन गरेका विद्यालय सहित गरी १४ विद्यालय रहेको वडा सचिव चोलाकान्त पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्