पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

पार्टी सचिवालय बैठक राख्न नेकपा नेता नारायणकाजी श्रेष्ठको माग

  • ख-
  • ख+

काठमाडौं, २२ चैत ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवंम सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

सामाजिक संजाल ट्वीटर मार्फत जानकारी गराउँदै श्रेष्ठले आवश्यक भएको बेलामा मन्त्रिपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेकाले पार्टी सचिवालय बैठक पनि बोलाउनुपर्ने माग गरेको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘हो,मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु।दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेकोछु। आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ,’ उनले ट्विटरमा लेखेका छन्। ‘आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शिघ्र बैठक बस्ने बिश्वास छ,बस्नै पर्छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्