
लमजुङ । पछिल्लाे समय एआईकाे प्रयाेग बढिरहेकाे छ । यसले मानिसलाई हरेक कुरामा सहज त बनाईदिएकाे सकरात्मक पक्ष छ भने माैलिकता र मानिसकाे सिर्जनशिलतालाई भने पछाडी पारेकाे छ ।
यसै सन्दर्भमा चलचित्र पत्रकार संघ कास्कीले लमजुङकाे घलेगाउँमा शनिवार गरेकाे सिनेमा संवाद कार्यक्रमकाे तेस्रो सेसन थियो, रिलदेखि एआईसम्म । उक्त सेसनमा थिइन्, सदाबहार अभिनेत्री करिष्मा मानन्धर । उनले टेक्नोलोजीमा धेरै फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफल गरिन् । उनको साथमा थिए, अहिलेका पुस्तका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने ।
सुव्रत न्यौपानेले गरेको सहजीकरणमा अभिनेत्री मानन्धरले एआई भनेको आत्मा नभएको फूल हो भनिन् । उनले गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिँदै त्यसरी विश्लेषण गरेकी हुन् । एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको र मेहनत कम हुने गरेको बताइन् ।
कलाकार महेश त्रिपाठी र अर्का अनिल न्यौपानेले एआईले मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।