वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशको पाँचौं पठन संस्कृति सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाली कांग्रेस वी पी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित पठन संस्कृति कार्यक्रम आज भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको सभाकक्षमा भएको सृङ्खला ५ मा “वी.पी. साहित्यको अभिलेखन” पुस्तक बारे परिचर्चा भएको हो । “वी.पी. साहित्यको अभिलेखन” विमर्श पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख प्रा.डा.यमबहादुर पौडेल क्षेत्रीले परिचर्चा गर्नुभएको थियो ।

प्रा.डा.गोविन्दराज भट्टराईद्वारा लिखित “वी.पी. साहित्यको अभिलेखन” मा रहेको पुस्तकको सारशंमा क्षेत्रीले राजनीति र साहित्य, नेपालमा राजनीति र साहित्यमा वीपी कोइराला, पुस्तक विमर्श भित्र के रहेको छ ? भन्ने लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पुस्तक परिचर्चाको ५ औं सृङ्खलामा आइपुग्नु खुसीको कुरा रहेको जनाउँदै निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँले वीपीले साहित्यमा गरेको योगदान अतुलनिय रहेको बताउनुभयो । पछिल्लो समय अध्ययन प्रति रुची कम हुँदै गएको हुँदा पुस्तकालयको आवश्यकता बारे बताउँदै उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा पार्टीका दस्तावेज, अध्ययन गर्ने शैली, पार्टीका नेताहरु प्रति अध्ययन गर्ने क्रम अत्यन्तै कम हुँदै गएको, सिद्धान्तको आधारमा पार्टीलाई अगाल्ने काम भन्दापनि व्यक्ति र अन्य थुप्रै कारणले आकर्षित हुने कारणहरु बन्न पुग्यो । यसले पार्टीलाई सही दिशामा लादैन भन्ने लागेपछि नेपाली कांग्रेस गण्डकी प्रदेशले पुस्तकालय स्थापना गरेके हो ।’

त्यसैगरी महामन्त्री लामिछानेले राजनीतिमा डिग्री गर्नु मात्र नभएर व्यक्तित्व विकास महत्वपूर्ण भएको बताउँदै उहाँले स्वअध्ययनले व्यक्तित्व विकास गर्ने हुँदा पुस्तकालयले अहम भूमिका निर्वाह गर्ने भनाइ रहेको थियो ।

कार्यक्रममा बोल्दै महामन्त्री लामिछानेले भने, आफू हारेर पनि मुलुकलाई जिताउनुपर्छ भन्ने सोच वीपीको कार्यशैली सबै नेता कार्यकर्ताले सिक्नुपर्ने बताउनुभयो । साच्चै नै राजनीति गर्ने हो भने पहिलो प्राथमिकता जनता, समाज र मुलुकप्रति हो भनेर लाग्नुपर्छ ।

त्यसैगरी राजनीति र साहित्य लेखक प्रा.डा. गोविन्द राज भट्टराईले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । वीपी कोइरालाप्रतिको श्रद्धा उच्च रहेको बताउँदै नेपाली आख्यान, मनोविज्ञानको सिद्धान्त ल्याएर नेपाली साहित्यमा विशेष योगदान पु¥याउनुभएको भट्टराईले बताउनुभयो। भने, प्रस्तुत परिचर्चा कार्यक्रममा डा.इश्वरमणी अधिकारी र डा.लक्ष्मीशरण अधिकारीले आफ्ना जिज्ञाशा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा डा.बलराम भट्टराईले आफुले लेखेका केही थान पुस्तक वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशलाई निःशुल्क सहयोग गर्नुभएको थियो ।

पुस्तकालयका सचिव सुर्यबहादुर क्षेत्रीले सञ्चालन गर्नुभएको उक्त परिचर्चा कार्यक्रम प्रा.डा.कुसुमाकर न्यौपानेले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष माधव प्रसाद बास्तोला (मधु)को सभापतित्वमा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्