
पोखरा ।
परिवर्तन युवा क्लब पोखरा २२ को आयोजना र पोखरा हटलाइनको सहआयोजनामा आयोजित प्रथम त्रिभुवन स्मृति कप ५ ए साईड फुटबल प्रतियोगिता २०८१ शुक्रबार देखि सुरु भएको छ। शुक्रबार पहिलो चरणका ४ खेल सम्पन्न भएको क्लवले जनाएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रकाश बरालले उक्त प्रतियोगिताको उद्घाटन गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय अधिकारी नवराज बराल रहनु भएको थियो । प्रतियोगितामा सहभागी कुल २० प्रतियोगी समूहमध्ये शुक्रबार आठवटा समूहको चार खेल सम्पन्न भएका छन्।
शुक्रबार भएको आयोजक ए र भ्यु पोइन्ट ए बीचको प्रतिस्पर्धामा भ्यु पोइन्टलाई हराउँदै आयोजक ए समूह विजय भएको छ। त्यस्तै दोस्रो खेलकुद पत्रकार मञ्च र जी स्क्वाड बीच भएको प्रतिस्पर्धामा जि स्क्वाड ले ट्राइ ब्रेकरमा जित हासिस गर्यो । तेस्रो खाल्से एफसी र हार्मोनी टिम बीच भएको प्रतिस्पर्धामा हार्मोनी टिम विजेता बनेको थियो। शुक्रबार नै भएको चौथो खेलमा हाइवे २२ र टिम पासाङ बीच प्रतिस्पर्धा भएको थियो भने उक्त प्रतिस्पर्धामा टिम पासाङ विजय भएको थियो। बाँकी प्रतिस्पर्धी समूहहरू बीचको खेल शनिबार १० बजेबाट सुरु हुने आयोजक परिवर्तन युवा क्लब तथा खेल संयोजक सुदीप बरालले जानकारी दिएका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा पोखरा २२ मा रहेको परिवर्तन युवा क्लबका सल्लाहकार स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता सुरु गरिएको क्लवका अध्यक्ष कमल बरालले बताउनु भयो । यही फागुन १८ गते सम्म पोखरा महानगरपालिका वडा न. २२ को ठुलिबिडीको सिम्लेपाखा खेल मैदानमा उक्त प्रतियोगिता संचालन हुदै छ । २०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवङ्गत हुनुभएको पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक भएको हो ।