सोमबारदेखि हेमजा होली कप  

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा ।  फागुन २६ गते सोमबारदेखि हेमजा होली कप 5 ए साईड फूटबल टुर्नामेन्ट हुने भएको छ ।
“एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ होली पर्वको अवसरमा स्थानिय हेमजा युनाईडेड क्लवले आयोजना गरेको टुर्नामेन्ट फागुन २९ गतेसम्म सञ्चालन हुने क्लवका अध्यक्ष  राजेश त्रिपाठीले बताए ।
टुर्नामेन्टमा हेमजाका साविक ९ वटा वडा र साविक लाहाचाेक गाविसका वडाहरुलाई आमन्त्रण गरिएकाे कार्यक्रम संयाेजक इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
गत वर्षको ३८ वर्ष माथिकाे च्याम्पियन साविक हेमजा गाविस वडा नम्वर ५ कास्की ।
उनका अनुसार टुर्नामेन्टमा साविक वडा खुल्ला उमेर समूह, साविक वडा २९ वर्ष र सोभन्दा माथिको उमेर समूह र साविक वडा ३९ वर्ष र सो भन्दा माथिको उमेर समूहको खेल समावेश गरिएको छ ।
टुर्नामेन्टको विजेताले मेडल र खसी प्राप्त गर्नेछन भने उपविजेताले मेडल र बोका प्राप्त गर्नेछन् ।
हेमजामा गौरीशंकर खेल मैदानमा हुने खेलको टिम दर्ता फागुन २५ गते दिउँसो ४ बजेसम्म गर्न सकिने आयाेजकले जनाएकाे  छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्