पोखरामा घरको कम्पाउण्डभित्र भेटिएकाे चितुवाकाे सफल उद्वार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। पोखरा महानगरपालिका वडा नं. ७ मा दिउँसोको समयमा घरमा चितुवा भेटिएको छ । स्थानिय शोभा चन्द्र बरालको घरको कम्पाउन्ड भित्र चितुवा देखिएको हो । मंगलबार दिउँसो करिब ३ बजे चितुवा देखिएको स्थानीयले डिभिजन वन कार्यालय कास्कीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिँदै पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ।

यस घटनापछि स्थानीयवासीहरूमा केही समय त्रास फैलिएको भए पनि चितुवालाई सुरक्षित रूपमा उद्दार गरेपछि स्थिति सामान्य बनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्