
पोखरा । गण्डकी प्रदेशमा पहिलोपटक ठूलो अटोमोबाइल्स प्रदर्शनी आयोजना हुने भएको छ। ‘नाडा प्रेजेन्ट्स वाडा अटो सो २०२५’ नामक यस प्रदर्शनी चैत १४ देखि १७ गतेसम्म पोखराको अमरसिंह माविको खेल मैदानमा हुनेछ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा हुने यो प्रदर्शनी सवारी साधन क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने उद्देश्य राख्दछ।
वडा उपाध्यक्ष र प्रदर्शनी संयोजक निरन केसीका अनुसार, पोखरामा पहिलोपटक आयोजना हुन लागेको यस प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक र अन्य व्यवसायीहरूको सहभागीता रहनेछ।
प्रदर्शनीमा १९ वटा ब्रान्डका चारपांग्रे सवारी साधन, ६ वटा ब्रान्डका लाइट कमर्सियल सवारी साधन र ७ वटा ब्रान्डका दुईपांग्रे सवारी साधन प्रदर्शित गरिनेछ।
यस प्रदर्शनीले गण्डकी प्रदेशको सवारी साधन उद्योगको विस्तार, प्रवद्र्धन र नयाँ प्रविधिहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले यस प्रदर्शनीलाई सहयोग र प्रवद्र्धन गर्दैछन्। पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा र अमरसिंह माध्यमिक विद्यालय जस्ता विभिन्न संस्थाहरू पनि यसमा सहकार्य गरिरहेका छन्।
प्रदर्शनीमा २० वटा स्टलहरूमा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायकका सामग्री राखिने छन्। साथै, सडक सुरक्षा र ट्राफिक नियम पालनासम्बन्धी जनचेतना फैलाउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा कार्यक्रमहरू आयोजना गरिनेछन्। यसका अतिरिक्त, पोखरा लायन्स क्लबको सहकार्यमा चैत १५ गते रक्तदान कार्यक्रमसमेत आयोजना गरिने छ।
प्रदर्शनीको टिकटिङ पार्टनर खल्ती एप, इन्टरनेट पार्टनर पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्ट हिटको प्रालि, अफिसियल इन्स्योरेन्स सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ट्राभल पार्टनर स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनर होटल शारा र हस्पिटल पार्टनर नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्सेस (मनिपाल हस्पिटल) रहेका छन्।
प्रदर्शनीको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन चैत ९ गते मोटर र्याली आयोजना गरिने छ, जुन पोखरा रंगशालाबाट शुरु भएर अमरसिंह मैदानमा सम्पन्न हुनेछ। यस र्यालीमा बन्दीपुर केबलकार एन्ड टुरिजम लिले ३०० वटा केबलकार टिकट डोर प्राइजको रूपमा प्रदान गर्ने घोषणा गरेको छ, जसलाई गोलाप्रथामार्फत विजेताहरूले प्राप्त गर्नेछन्।
यो प्रदर्शनी गण्डकी प्रदेशमा सवारी साधन उद्योगको बजारीकरण, प्रविधि हस्तान्तरण र नवप्रवर्तनका लागि नयाँ प्लेटफर्म उपलब्ध गराउनेछ। यसले व्यवसायी र ग्राहकहरूबीच प्रत्यक्ष संवादको अवसर प्रदान गरेर सवारी साधन खरिद र बिक्री प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको छ।