पोखरा महानगरपालिकाका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

गिरी महानगरको फाइल फर्छ्यौट तथा समन्वय समितिमा कार्यरत थिए। उनी अख्तियारमा परेको उजुरीको विषयमा महानगरको तर्फबाट स्पष्टिकरण दिने जिम्मेवारीमा थिए। तर, आफ्नै जिम्मेवारीको दुरुपयोग गर्दै उनले उजुरी मिलाइदिन्छु भन्दै घुस मागेको खुलासा भएको छ।

अख्तियारका अनुसार गिरीले एक कर्मचारीसँग उजुरी मिलाइदिने भन्दै १ लाख रुपैयाँ घुस मागेका थिए। सोही क्रममा पहिलो किस्ताको रूपमा २५ हजार लिँदै गर्दा उनी रंगेहात पक्राउ परेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्