पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानलको विजय

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुले पूरै प्यानलसहित विजय हासिल गरेको छ।

अन्तिम मतगणना अनुसार अध्यक्ष पदका उम्मेदवार पोखरेल १,१०५ मतसहित विजयी भए। उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसनिकट नेवि संघका सुशील न्यौपानेले ५०३ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ मत प्राप्त गरिन्।

अन्य प्रतिस्पर्धीहरूमध्ये अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९९, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिप्सन गुरुङले ७६ र अखिल (छैटौं) का मिलन सुनारले २८ मत प्राप्त गरे।

सचिव र कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुले अत्यधिक मतान्तरसहित जित दर्ता गर्‍यो। सचिवमा बिराट दुवाडीले १,४१३ मत ल्याए भने उनका प्रतिस्पर्धी नेवि संघका विवेक भट्टराईले ६२८ मत पाए। त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दीका गुरुङ १,३०४ मतसहित विजयी भइन्, जबकि नेवि संघकी अमिषा यादवले ६४७ मत प्राप्त गरिन्।

प्रत्यक्षतर्फका ८ सदस्य पदमा पनि अनेरास्ववियुका उम्मेदवारहरूले प्रभावशाली जित दर्ता गरे। निर्वाचित सदस्यहरूमा एलिशा भट्टराई (१,१८७), सुशील अधिकारी (१,२३५), विशाल लम्साल (१,२८२), प्रचण्ड शक्ति गुरुङ (१,२५८), वृषभ चालिसे (१,२२६), अनुजराज अधिकारी (१,२३७), जमुना शर्मा (१,२५४) र सुजन शर्मा सापकोटा (१,१९६) रहेका छन्।

यस जितसँगै अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीति आफ्नो पकडमा राख्न सफल भएको देखिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्